नियम २५
मतगणना सम्बन्धी सूचना प्रकाशन गर्नु पर्ने

(१) निर्वाचन अधिकृतले मतदान हुने दिन भन्दा अगावै मतगणना गरिने स्थान तोकी सोको सूचना अनुसूची–१७ बमोजिम आफ्नो कार्यालयमा प्रकाशन गर्नु पर्नेछ ।
(२) सम्बन्धित स्थानीय तहका सबै मतदान केन्द्रबाट मतपेटिका प्राप्त भएपछि निर्वाचन अधिकृतले मतगणना गर्ने मिति र समय उल्लेख गरी सम्बन्धित उम्मेदवारको जानकारीको लागि सोको सूचना अनुसूची–१८ बमोजिम आफ्नो कार्यालयमा प्रकाशन गर्नु पर्नेछ ।